झापा जिल्लामा आज २३ जना कोरोना संक्रमित थपिए

0

विर्तामोड, ३१ भदौ ।

झापा जिल्लामा आज २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा ७ जना महिला र १६ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा थपिने संक्रमितहरु बाह्रदशी, दमक, भद्रपुर, गौरादह, मेचीनगर र शिवसतासीका रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिनुभयो । उनीहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय र भरतबाट आएको जनाइएको छ ।
आज बाह्रदशीका दुई महिला र तीन पुरुष गरेर पाँच जना, दमकका एक महिला र सात पुरुष गरेर आठ जना, भद्रपुरका एक महिला र तीन पुरुष गरेर चार जना, शिवसताक्षीका दुई महिला र दुई पुरुष गरेर चार जना, गौरादहका एक महिला र मेचीनगरका एक पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै आजसम्म झापामा कुल कोरोना संक्रमितको संख्या ७६९ जना पुगेको छ । झापामा ६२९ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् भने कोरोनाबाट हालसम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ । ००००००

Share.

Leave A Reply