प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

0

विर्तामोड, १ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनु भएको छ । उहाँले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताउनु भएको छ ।
मोदीको आज ७० औं जन्मदिन हो । उहाँको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् शुभकामना दिनु भएको हो ।

 

 

समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेख्नु भएको छ, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’
हिन्दुस्तान टाइम्सका अनुसार मोदीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टी (भाजपा) ‘सेवा सप्ताह’ अभियान सुरु गरेको छ ।
यस अभियानमा वृक्षरोपण, कोरोना संक्रमितको उपचार हुने अस्पतालहरुमा फलफूल वितरण, औषधि उपकरण वितरण लगायतका कार्यक्रम गरिने भाजपाले जनाएको छ ।
भाजपाले मोदीको जन्मदिन यस्तै सेवामुलक कार्यक्रम गरेर एक हप्तासम्म मनाउन जिल्ला जिल्ला समितिहरुलाई परिपत्र गरेको छ । ००००००

Share.

Leave A Reply