धरान उपमहानगरपालिकामा आजदेखि अनलाइन कर प्रणाली सेवा शुरू

0

विर्तामोड, १ असोज ।

कर प्रणालीलाई करदातामैत्री बनाउन धरान उपमहानगरपालिकामा आजदेखि अनलाइन कर प्रणाली सेवा शुरू गरिएको छ । उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा शुरू गर्न लागेको हो ।
सेवाग्राहीले आफूले तिर्नुपर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणालीमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको उपमहानगरले बताएको छ । सेवाग्राहीले मोबाइलमा ‘कनेक्ट आईपीएस र ई–सेवा’ बाट उपमहानगरमा बुझाउनुपर्ने भूमि कर, घर तथा घरबहाल कर, व्यवसाय कर लगायत सम्पूर्ण करको भुक्तानी गर्ने व्यवस्था गरिएको धरान उपमहानगरका सूचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सेवाग्राहीले उपमहानगरलाई आफूले बुझाउनुपर्ने सम्पूर्ण कर अनलाइन प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको छ, विश्वको जुनसुकै ठाउँमा बसेर कर बुझाउन सकिने छ ।’
करदाताले धरान उपमहानगरपालिकाको वेभसाइटमार्फत आफूले बुझाउनुपर्ने शुल्कबारे थाहा पाउन सक्ने छन् । तर, करदाताले आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर करको सिस्टममा अद्यावधिक भने गर्नुपर्ने छ । करदाताले आफूले विगतमा तिरेको करको रसिद लगेर वडा कार्यालयमा गएर आफ्नो सम्पूर्ण विवरण टिपाउनु पर्ने छ ।
सेवाग्राहीको सहजताका लागि वडामा कर तिर्ने व्यवस्था गरिएको बताउँदै अधिकृत खतिवडाले अब सेवाग्राहीको घर–घरमा कर प्रणाली सेवा पु¥याइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सेवाग्राहीको सहजताका लागि वडा वडामा कर तिर्ने व्यवस्था गरेका छौं, अब यो सेवा घरघरमा पु¥याउन शुरू गर्न लागेका छौं, कार्यालयमा आएर लाइन बसेर तिर्ने झन्झटको अन्त्य गर्नका लागि यो सेवा शुरू गर्न लागिको हो ।’
यो सेवा विद्युत् र खानेपानीको विल भुक्तानी गरे जस्तै सजिलो हुने छ । गत वर्षदेखि नै अनलाइन प्रणालीको शुरूवात गर्दै लैजाने योजना अनुसार शुरुआत गर्न लागिएको अधिकृत खतिवडाको भनाइ छ । ००००००

Share.

Leave A Reply