बैंक अफ काठमाण्डूको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0

विर्तामोड, ४ असोज ।

बैंक अफ काठमाण्डूको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको लिलामी शेयर खरिदका लागि आज बैंकिङ समयसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
बैंकले गत भदौ १ गतेदेखि ८ गतेसम्म संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेको थियो । निषेधाज्ञाका कारण सो म्याद थप गरी भदौ १५ गते पुर्याइएको थियो । तर, सो अवधिसम्ममा पनि उपत्यकमा निषेधाज्ञा जारी नै रहेकोले भदौ ३० गतेखदेखि पुनः बिक्री खुल्ला गरेको थियो ।
बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भोलि बिहान १०ः३० बजे खोलिने बैंकले जनाएको छ । ००००००

Share.

Leave A Reply