वार्षिक राजस्व लक्ष्य प्राप्तिमा वीरगन्ज भन्सार चुक्दै आएको तथ्यांक

0

विर्तामोड, ४ असोज ।

वार्षिक राजस्व लक्ष्य प्राप्तिमा वीरगन्ज भन्सार कार्यालय विगत पाँच वर्षदेखि चुक्दै आएको तथ्यांकले देखाएको छ । मधेश आन्दोलन २०७२–७३ मा ६ महिना नाका अवरुद्ध भएको वर्षयता कार्यालयले राजस्व लक्ष्य भेट्न सकेको छैन ।
आर्थिक वर्ष २०७२–७३ मा ७७ दशमलव ४२ प्रतिशत, २०७३–७४ मा ९८ दशमलव ८ प्रतिशत, २०७४–७५ मा ९७ दशमलव ४८ प्रतिशत, २०७५–७६ मा ८५ दशमलव ९७ र गत आर्थिक वर्ष अर्थात २०७६–७७ मा ६६ दशमलव ८९ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
लगातार लक्ष्य भेट्न नसकेपछि राजस्व विभागले चालू आर्थिक वर्ष २०७७–७८ का लागि राजस्व लक्ष्य नै खुम्च्याएर वीरगन्ज भन्सारलाई लक्ष्य दिएको छ । तर, आर्थिक वर्षको दोस्रो महिनामै कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको असोज महिनायता वीरगन्ज भन्सारले चालू आर्थिक वर्षको साउन बाहेक अन्य महिनामा लक्ष्य भेट्टाउन सकेको छैन ।
वीरगन्ज भन्सारलाई भदौ महिनाका लागि विभागले दिएको लक्ष्य र प्रगति चालू आर्थिक वर्षको भदौ महिनामा राजस्व पूरा नहुनुमा सवारी र पेट्रोलियम पदार्थ कम आयात भएको वीरगन्ज भन्सारका सूचना अधिकारी विमल कुमार साहले बताउनुभयो । वीरगन्ज भन्सारको राजस्व बढि संकलन हुने बस्तु नै पेट्रोलियम पदार्थ र सवारी साधन तथा मोटरसाइकलहरू भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख गोपाल खत्रीको भनाइ छ । ००००००

Share.

Leave A Reply