खोलाले बगाउँदा दुई वर्षीय बालकको मृत्यु

0

विर्तामोड, ८ असोज ।

खोलाले बगाउँदा झापामा दुई वर्षीय बालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७, स्थित रेखा खोलाले बगाउँदा स्थानीय राजु मर्डीका २ वर्षीय छोरा जीवनको मृत्यु भएको हो ।

बुधबार राति ९ बजेतिर बालक खोलामा डुबेर बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा आज बिहान ६ बजे घरबाट करिब ३ सय मिटर दक्षिणमा जीवनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मर्डीको घरदेखि करिब १५ मिटर नजिकबाटै रेखा खोला बग्छ । राति घर नजिकै खेल्दाखेल्दै उनलाई खोलाले बगाएको थियो । ००००००

Share.

Leave A Reply