नेपालमा ६९,३०१ संक्रमित, ५०,४११ जना डिस्चार्ज, ४५३ जनाको मृत्यु

0

विर्तामोड, ८ असोज ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६९ हजार तीन सय एक जना पुगेको छ । गएको २४ घण्टामा एक हजार चार सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ११ हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ९७ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा चार सय ५७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५० हजार चार सय ११ जना पुगेको छ ।
अब नेपालमा १८ हजार चार सय ३७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६५ जना क्वारेण्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५३ जना पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । ०००००

Share.

Leave A Reply