झापामा ८२२ संक्रमित, ७५७ डिचार्ज, ५९ सक्रिय संक्रमित, ६ जनाको मृत्यु

0

विर्तामोड, ८ असोज ।

झापा जिल्लामा आज चार जना स्थानीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु भद्रपुर नगरपालिका वडा न ९ का ५० वर्षीय एक जना पुरुष, कन्काई नगरपालिका वडा न २ का ३० र ४८ वर्षीय दुई जना पुरुष र झापा गाउँपालिका वडा नं. ६ का ७८ वर्षीय एक जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो ।
कन्काईका एक जना बिर्तामोड ५ ठेगाना भएका र झापा गाउँपालिकाका संक्रमितको भने मृत्यु भएको चौलागाइले बताउनुभयो ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ८२२ जना पुगेको छ भने डिचार्ज हुनेको संख्या ७५७ जना रहेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ५९ जना छ भने कोरोनाबाट हालसम्म झापामा ६ जनाको मृत्यु भइसकेको छ । ००००००

Share.

Leave A Reply