हल्दीबारीमा नेकपाले सबै युवालाई योग्यता र क्षमताको आधारमा व्यवस्थापन गर्छ : पालिका उपाध्यक्ष तथा पार्टी जिल्ला सदस्य गिरी

0

हल्दीबारी, ८ असोज ।

हल्दीबारीमा नेपाली काँग्रेस र राप्रपा परित्याग गरी करिव ३०० जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । नेकपामा प्रवेश गर्नेहरुमा हल्दीबारी–४ निबासी कबड्डीका राष्ट्रिय खेलाडी अमृत मेचे सहित १०० जना, हल्दीबारी–२ का कबड्डीकै राष्ट्रिय खेलाडी खड्ग राजवंशी सहित १०० जना, हल्दीबारी–४ का फुटबल खेलाडी सन्तोष मादेन सहित ५० जना र हल्दीबारी–३ का सामाजिक अभियान्ता अभिषेक खतिवडा र बिजय मेचे सहित ५० जना युवाहरु आज औपचारिक रुपमा नेकपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा झापा जिल्ला कमिटी सदस्य एवंम् क्षेत्र नम्वर ३ को प्रदेश निर्वाचन क्षेत्र नम्वर २ का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य एवंम् तत्कालीन हल्दीबारी गाविस अध्यक्ष मोहनचन्द्र रेग्मी लगायतले टीका र खदा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।


कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले नेपाल कम्युनिस्ट पार्टी कस्तो पार्टी हो भन्ने कुरा अहिले हल्दीबारीमा भइरहेका विकासका कामहरुले प्रष्ट पार्ने बताउनुभयो । उहाँले हल्दीबारीमा नेकपाको अगुवाइमा भइरहेका विकासका गतिविधिबाट तर्सिएर काँग्रेस र राप्रपा कुप्रचारमा उत्रिएको गुनासो गर्नुभयो । नेकपाले सबै युवाहरुलाई योग्यतामा र क्षमताको आधारमा व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।


नेकपा हल्दीबारी–३ का इन्चार्ज विष्णुप्रसाद ओलीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन नेकपा झापा जिल्ला प्रचार तथा प्रकाशन विभागका सदस्य सागर पोर्तेलले गर्नु भएको थियो भने नेकपा हल्दीबारीका कार्यालय सदस्य महेशलाल मेचेले स्वागत मन्तव्य राख्नु भएको थियो । ०००००

Share.

Leave A Reply