गोरू काटेर खाएको आरोपमा झापामा ३ जना पक्राउ

0

विर्तामोड, १० असोज ।

गोरू काटेर खाएको आरोपमा झापामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर बहादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन् ।
आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको प्रहरीको भनाइ छ । गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनी स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ ।
यसैगरी, उनीहरूले गाडेको गोरूको टाउको र खुट्टा समेत फेला परेको छ । पक्राउ परेका माथि कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ००००००

Share.

Leave A Reply