७ जना स्थानीय थपिए, झापामा संक्रमितको संख्या ८४३ जना पुग्यो

0

विर्तामोड, १० असोज ।

झापाका फोकल पर्सन जीवन चौलागाईंको फेसबुकबाट

झापामा पछिल्लो २४ घण्टामा ६ जना महिला र एक जना पुरुष कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार कचनकबल ५ की एक जना महिला, विर्तामोड १, ५ र ९ का तीन जना महिला, भद्रपुरका एक जना महिला र एक जना पुरुष र कनकाई नगरका एक जना महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु सातै जना ट्राभल हिस्ट्रि विनाका स्थानीय रहेको बताइएको छ । संक्रमितहरु १९ वर्षदेखि ८३ वर्षसम्मका छन् ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ८४३ जना पुगेको छ । हालसम्म झापामा ६ जनाको मृत्यु भइसकेको छ । ००००००

Share.

Leave A Reply