झापा महमा आत्मनिर्भर हुनसक्छ : मेयर शेर्मा

0

विर्तामोड, १० असोज ।

आर्थिक बर्ष २०७५/७६ मा शिवसताक्षीमा ६७ टन मह उत्पादन भएको छ । एक वर्षमा ६७ टन मह उत्पादन भएको सतासी महिला मौरी पालन सहकारी संस्थाकी अध्यक्ष धनमाया थापाले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार प्रति केजी थोक मुल्य ५ सय ६० रुपैयाँमा बिक्री हुँदा ३ करोड ७५ लाख २० हजार मूल्य बराबरको मह उत्पादन भएको हो । शिवसताक्षीमा मात्र ३ सय २० जना किसानले मौरीको व्यावसायिक खेती गर्दै आएको सतासी महिला मौरीपालन सहकारी संस्थाले जनाएको छ ।
चरन क्षेत्र अभावले यस क्षेत्रका अधिकांश मौरीपालक किसानले असारदेखि मंसिरसम्म मौरी चराउन झापा सहित मोरङ्ग, सुनसरी, सप्तरी हुर्दै चितवनसम्म लैजानुपर्ने बाध्यता रहेको संस्थाकी व्यवस्थापक देवी दाहालले बताउनुभयो । महको महत्व बढ्दै गएपछि झापाका किसानहरु मौरीपालनप्रति आकर्षित हुँदै गएका छन् । तर, जिल्लामा मौरीपालनको राम्रो संभावना देखिए पनि चरन क्षेत्रको अभाव दिनप्रतिदिन बढ्दै जानु विडम्बना भएको मौरी पाल्ने किसानको गुनासो छ ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले झापा महमा आत्मनिर्भर हुनसक्ने बताउनु भयो । मह उत्पादन गर्ने मौरी पाल्ने किसानलाई सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग निरन्तर रहने बताउनु भएको छ ।
उपप्रमुख भोजकुमारी नेपालले लगनशील भएर काम गर्ने किसानको पक्षमा नगर सधै साथमा रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ००००००

Share.

Leave A Reply