झापाका ९ वटा पालिकाका आज ७९ जना स्थानीय बासिन्दामा कोरोना भाइरसको संक्रमण पुष्टि, २ जनाको मृत्यु

0

विर्तामोड, १ कात्तिक ।

झापाका १५ मध्ये ९ वटा पालिकाका आज ७९ जना स्थानीय बासिन्दामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर, विर्तामोड, दमक, कन्काई, हल्दिवारी, कमल, मेचीनगर, शिवसताक्षी र गौरादहमा गरी ७९ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो ।
भद्रपुरका ३ महिला र ११ पुरुष, विर्तामोडका १६ जना महिला र ६ जना पुरुष, दमकका ३ जना महिला र ११ जना पुरुष, कन्काईमा ४ महिला र ५ जना पुरुष, हल्दिवारीमा १ जना पुरुष, कमल गाउँपालिकामा २ महिला र १ जना पुरुष, मेचीनगरमा २ जना महिला र ११ जना पुरुष, शिवसताक्षीमा १ जना महिला र १ जना पुरुष र गौरादहमा २ जना पुरुष गरी ३१ जना महिला र ४८ जना पुरुष गरी जम्मा ७९ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका कोभिड १९ फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो ।
भद्रपुरमा संक्रमित भएका ८ जना सुरक्षाकर्मी, मेचीनगरमा संक्रमित भएका ६ जना काठमाडौं ठेगाना भएका रहेका छन् । दमकका १ जना र गौरादहका १ जनाको मृत्यु भएको जनाइएको छ । झापामा समुदायमा तीब्र संक्रमण हुने क्रम बढेकाले सबैले स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक देखिएको छ । आजसम्म झापामा १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । ००००००

Share.

Leave A Reply