राजस्थानमाथि बैंगलोरको ७ विकेटको जित, डिभिलियर्सको विष्फोटक ब्याटिङ

0

विर्तामोड, १ कात्तिक ।

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ । एबी डिभिलिर्यसको अर्धशतकको मद्दतमा बैंगलोरले जित हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो । राजस्थानका लागि कप्तान स्टिभेन स्मिथले ५७, रोविन उथप्पाले ४१, जोस बट्लरले २४, राहुल टेवटियाले १९ र बेन स्टोकले १५ रन जोडेका थिए । बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले चार र युवेन्द्र चहलले दुई विकेट लिएका थिए ।
यस्तै १७८ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको बैंगलोरले १९ ओभर चार बलमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
विष्फोटक ब्याटिङ गरेका बैंगलोरका एबी डिभिलियर्सले २२ बलमा ५५ रन बनाए । यस्तै विराट कोहलीले ४३ र देवदत्त पाटिकलले ३५ रन बनाए ।
राजस्थानका राहुल टेवटिया, कार्तिक त्यागी र श्रेयस गोपालले बैंगलोरका एक–एक लिए पनि राजस्थानलाई जिताउन सकेनन् ।
आजको दोस्रो खेलमा अहिले दिल्ली र चेन्नई खेलिरहेका छन् । टस जितेर चेन्नईले व्याटिङ गरिरहेको छ । ००००००

Share.

Leave A Reply