अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला

0

विर्तामोड, १ कात्तिक ।

भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि आजदेखि खुल्ला भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर खुल्ला गरिएको हो ।
विश्व विख्यात यो मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो । तर, अहिले अदालतले मापदण्ड कडाईका साथ पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् ।
दर्शालुहरुलाई बिहान ८.३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५.३० देखि ९.३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ । दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्क लगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । हिन्दुहरुको अत्यन्त आस्था रहेको यो मन्दिरमा बर्षेनि लाखांै हिन्दु धर्माबलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ । ०००००

Share.

Leave A Reply