नेपालमा कोरोना सङ्क्रमित १,३२,२४६ जना, आज २,९४२ जना थपिए

0

विर्तामोड, २ कात्तिक ।


नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज दुई हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय २६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार एक सय ६६ जना पुगेको छ ।
अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वारेण्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ३९ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । ०००००

Share.

Leave A Reply