झापामा १,३३० जनामा कोरोना संक्रमण पुष्टि, ९३९ जना संक्रमण मुक्त, ३७२ जना सक्रिय संक्रमित, हालसम्म १६ जनाको मृत्यु

0

विर्तामोड, २ कात्तिक ।


आज पनि झापाका १५ मध्ये ९ वटा पालिकाका ४६ जना स्थानीय बासिन्दामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर, विर्तामोड, अर्जुनधारा, बाह्रदशी, दमक, कमल, झापा गाउँपालिका, गौरादह र मेचीनगरमा गरी ४६ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो ।
भद्रपुरका ४ महिला र १३ पुरुष, विर्तामोडका ३ जना महिला र ४ जना पुरुष, अर्जुनधाराका एक जना महिला र एक जना पुरुष, बाह्रदशीका एकजना पुरुष, दमकका ३ जना महिला र ३ जना पुरुष, कमल गाउँपालिकामा १ जना पुरुष, मेचीनगरमा ३ जना महिला र ६ जना पुरुष, गौरादहमा एक जना महिला र १ जना पुरुष तथा झापा गाउँपालिकामा १ जना पुरुष गरी १५ जना महिला र ३१ जना पुरुष गरी जम्मा ४६ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका कोभिड १९ फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो ।
भद्रपुरमा संक्रमित भएका १७ जनामध्ये ३ जना जनस्वास्थ्य कार्यालयका कर्मचारी र एक जना इलाम ठेगाना भएका रहेका छन् । सबै स्थानीय हुन् । केहीको स्वाब मेची अस्पतालमा नै गरिएको र कोरोना पोजेटिभ देखिएको चौलागाईंले बताउनुभयो ।
झापामा आजसम्ममा २८ हजार ५४८ जनाको पिसिआर परिक्षण गरिएको छ । तीमध्ये एक हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९३९ जना कोरोना संक्रमणपछि निको भएर डिस्चार्ज भएका छन् । झापामा सक्रिय संक्रमितको संख्या ३७२ जना पुगेको छ भने १६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
झापामा समुदायमा तीब्र संक्रमण हुने क्रम बढेकाले सबैले स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक देखिएको छ । ००००००

Share.

Leave A Reply