व्यावसायिक रुपमा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्न सांसद मैनालीको आग्रह

0

विर्तामोड, २ कात्तिक ।

प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले हरेक व्यवसायीले आ—आफ्नो व्यवसायलाई मर्यादित र अनुशासित रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका सवै व्यवसाय ठप्प प्रायः भएकाले विश्वकै अर्थतन्त्रमा समेत नकारात्मक असर परिरहेको उहाँले बताउनुभयोे ।
आज झापाको काँकरभिट्टामा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा १ नम्बर प्रदेशको प्रादेशिक कार्यालय र संस्थाको वेभसाईड उद्घाटनका क्रममा सांसद मैनालीले उक्त कुरा बताउनुभएको हो ।
अहिलेको विषम परिस्थितिमा हरेक व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अघि सारेका स्वास्थ्य मापदण्डलाई कार्यान्वयन गर्दै व्यवसाय सञ्चालन गर्नु पर्नेमा उहाँको जोड थियो । नेपालको पर्यटनक्षेत्रको प्रवद्र्घन र विकासमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा १ नम्बर प्रदेशले खेलेको भूमिका निक्कै प्रशंसनीय रहेको भन्दै मैनालीले हरेक व्यवसायीले आफ्ना व्यवसायलाई पर्यटकमैत्री बनाउनुपर्ने बताउनुभयो । मैनालीले अब हरेक ट्राभल व्यवसायीहरुलाई एउटा जहाजको टिकट विक्री गरेर मात्र व्यवसाय धान्ने काम मात्र नगर्न सुझाव दिँदै व्यावसायिक रुपमा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
१७ असोजमा सम्पन्न संस्थाको नवौं अधिवेशनबाट उदयकुमार श्रेष्ठको नेतृत्वमा नाटाको १ नम्बर प्रदेश समिति चयन भएको थियो । ००००००

Share.

Leave A Reply