इलाममा विगतमा झै बिकेनन् खसीराँगा

0

विर्तामोड, २ कात्तिक ।

विगतका वर्षमा दशैँको एक महिना अगाबै खसी, कुखुरा, राँगाको किनबेच हुन्थ्यो । दशैँका बेला ब्यापारीहरूको तारान्तार फोन आउनाका साथै उनीहरू गाउँगाउँमै खसी, बोका, कुखुरा किन्न पुग्थे र अग्रिम भु्क्तानी छाडेर बजार फर्किन्थे र दशैँ लागेपछि लिन जान्थे । इलाम बजारमा मासु किन्नेको भीड हुन्थ्यो । तर, यसवर्ष भने यतिबेलासम्म पनि न व्यावसायीले खसी÷राँगा किनेका छन्, न त मासुका लागि ‘अर्डर’ आएको छ ।
दशैँ लागिसक्दा पनि खसी÷राँगा किनबेच शून्यजस्तै भएको छ । लकडाउनमा सुस्ताएका मासु पसल लकडाउन हटेपछि चलमलाए पनि गत महिनादेखि फेरि सुस्ताएकामा दशैँ लागिसक्दा चलमलाउन सकेका छैनन् । बाहिरी जिल्लामा खसी÷बोकाको बिक्री बढेकाले पनि जिल्लामा व्यापार सुस्ताएको इलाम सदरमुकामस्थित माल्दाइ मासु पसलका सञ्चालक टेकबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गाउँगाउँबाट खसी÷बोका किनेर काठमाडौँ, विराटनगर, बिर्तामोड लगिएकाले जिल्लामा खसी व्यापार सुस्ताएको हो । “किलोका हिसावले खसी बोका किनेर अन्यत्र लगेपछि व्यापार छैन”, श्रेष्ठले भन्नुभयो, “गएका वर्षको जस्तो दशैँका लागि स्टक राख्ने खसी बोका नै यो वर्ष छैन । कोरोनाले परिवार एकै ठाउँमा भेला हुन नसकेकाले यस वर्ष मासुको ‘अर्डर’ पनि नआएको हुनसक्छ । ”
खसी, बोका र राँगाको कारोबारभन्दा अहिले कुखुराको कोरोबार भने केहीबढे पनि विगतका वर्षमा जस्तो कुखुराको मासुको माग पनि नआएको जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष दिनेश महतले बताउनुभयो । कुखुराको मासु अधिकांशाले खाने भए पनि यसवर्ष अनुमान गरिएभन्दा निकै कमले किन्न आएको उहाँको भनाइ छ । “केही हदसम्म त बढेको छ तर सदाजस्तो छैन”, अध्यक्ष महतले भन्नुभयो, “लोकल र ब्रोइलर दुबै कुखुराको किनबेच सुस्ताएको छ । अहिले किनेको कुखुरा पनि तिहारपछिका लागि हो । ०००००

Share.

Leave A Reply