विमान दुर्घटनामा ज्यान गुमाएका सहचालक मानन्धरको अन्त्येष्टि

0

काठमाडौं, जेठ १६ ।

गत जेठ १३ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको गोमा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका सहचालक श्रीजन मानन्धरको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

काठमाडौंबाट उडेको गोमा एअरको कार्गो विमान अवतरणकाक्रममा लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विमानचालक पारस राईको उपचारकाक्रममा सोही दिन दिउँसो र सहचालक मानन्धरको सोही राति निधन भएको थियो ।

दुर्घटनामा घाइते भएकी विमान परिचारिका प्रज्ञा मर्हजनको भने काठमाडौंमा उपचार भइरहेको छ ।

 

Share.

Leave A Reply