निर्वाचनका लागि झापामा तालिम

0

विर्तामोड, १६ जेठ ।

दोस्रो चरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय झापाले आजदेखि तालिम सुरु गरेको छ ।

दुई दिने सो तालिममा मतदान अधिकृत एवम् सहायक मतदान अधिकृत गरी ३ सय जनाको सहभागिता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो । मतदान केन्द्रमा आफूले पाएको जिम्मेवारी, भूमिका, मतदान केन्द्रको व्यवस्थापन र दायित्व पूरा गर्ने विषयमा तालिम दिइने आचार्यले जानकारी दिनुभयो ।

Share.

Leave A Reply