सरकारले मुलुकलाई माछामा आत्मनिर्भर बनाउने

0

विर्तामोड , १० कार्तिक ।

स्वदेशी माछाले बजार अभाव झेल्दै आए पनि सरकारले मुलुकलाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । साथै माछा पालन व्यवासायलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । यो सँगै झापामा व्यवसायिक माछा पालन गर्ने किसान बढेका छन् । तुलनात्मक रुपमा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक माछा पालनतर्फ आकर्षित भएका हुन् ।
आर्थिक वर्ष २०७६ – ०७७ मा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापामा ९० वटा माछा पालन फर्म दर्ता भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका मत्स्य विकास अधिकृत प्रदीपकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठले गत आर्थिक वर्ष इलाममा १२ वटा फर्म दर्ता भएको जनाउनुभयो । झापामा मात्र वार्षिक ११ सय ३७ मेट्रिक टन माछा उत्पादन हुने श्रेष्ठ बताउनुहुन्छ । जिल्ला भर १ सय २५ वटा माछा सहकारी फर्म रहेको केन्द्रको तथ्यांकले देखाउँछ ।
झापाका ३ वटा पालिकामा मत्स्य ब्लक सञ्चालनमा छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गौरादह, हल्दिबारी र कचनकवलमा व्यवसायिक मत्स्य ब्लक सञ्चालनमा छन् । ब्लक सञ्चालनका गर्न शाखाले प्रत्येक पालिकालाई ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मत्स्य ब्लक कार्यक्रम अन्तरगत नयाँ पोखरी निर्माण, पुरानो पोखरीे मर्मत सुधार, मत्स्य यान्त्रिकीकरण, माछाको भुरा र दाना उत्पादन कार्यक्रम हुँदै आएको छ ।
जिल्लामा माछाको भुरा उपलब्ध नहुँदा भारतबाट भुरा ल्याउनु पर्ने अवस्था छ । अधिकांश किसानले भारतबाट माछाको भुरा ल्याउने गरेको मत्स्य अधिकृत श्रेष्ठले बताउनुभयो । “भद्रपुरमा ह्याचरी खुल्न लागेको छ” श्रेष्ठले भन्नुभयो, “त्यसबाट किसानलाई सहयोग पुग्छ । झापामा कार्प जातका रहँु, नैनी, भाकुर, कमनकार्प, सिल्भरकार्प, बिगहेड, ग्रासकार्पसँगै पंघास, तिलापिया जातका माछा पाल्ने गरिएको छ । झापामा ३ सय ७ हेक्टर जलाशय क्षेत्रमा माछापालन गरिएको छ ।
भारतबाट माछा आयात हुँदा क्वारेन्टाइन ऐनअनुसार मात्र आयात गर्न मिल्ने प्रावधान छ । अहिले व्यवसायीले सम्बन्धित मुलुकबाट स्वस्थताको प्रमाणपत्रसहित माछा आयात गर्नुपर्ने कानुनी व्यवस्था छ । स्वस्थताको प्रमाणपत्रसहित माछा आयात गर्नुपर्छ । विगतलाई हेर्ने हो भने सिमावर्ती जिल्ला झापामा ८० प्रतिशत माछा भारतबाट आउने गथ्र्याे । उक्त मात्रा अहिले आधामा झरेको छ । अझै करिब ५० प्रतिशत माछा भारतबाट आयात हुने गरेको छ । ००००००

Share.

Leave A Reply