पछिल्लो २४ घण्टामा २,३६४ जना कोरोना सङ्क्रमित थपिए

0

विर्तामोड, १३ कात्तिक ।

नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज दुई हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै गएको २४ घण्टामा तीन हजार ३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २४ हजार आठ सय ६२ जना पुगेको छ ।
अब नेपालमा ३८ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ८९ जना क्वारेण्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय चार जना पुगेको मन्त्रालयले जनाएको छ । ०००००

Share.

Leave A Reply