झापामा ३५ जना कोरोना भाइरस संक्रमित थपिए

0

विर्तामोड, १३ कात्तिक ।

झापामा पछिल्लो २४ घण्टामा ३५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंका अनुसार आज झापाका ६ वटा पालिकाका १० जना महिला र २५ जना पुरुष गरी ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा दमकका २ जना पुरुष, विर्तामोडका १ जना पुरुष, कमलका १ जना महिला, मेचीनगरका १ जना पुरुष, भद्रपुरका ४ जना महिला र ६ जना पुरुष तथा कन्काई नगरपालिकाका ५ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
झापामा २९ हजार २०९ जनाको स्वाब परिक्षण गर्दा १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १ हजार २७४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने अहिले सक्रिय संक्रमितको संख्या ६३४ जना रहेको छ । झापामा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३१ जनाको मृत्यु भइसकेको छ । ००००००

Share.

Leave A Reply