झापा प्रहरीद्वारा १,००००० रुपैयाँ मुल्य वराबरको पटका बरामद

0

विर्तामोड, १३ कात्तिक ।

झापा प्रहरीले आज एक लाख रुपैयाँ मुल्य वराबरको पटका बरामद गरेको छ । जिल्ला प्रहरी झापाका प्रवक्ता राकेश थापाले सिमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली बिभिन्न आइटमका पटकाहरु ल्याउँदै गरेको अवस्थामा बरामद गरेको जानकारी दिनुभएको हो ।
कचनकवल गाउँपालिका वडा नं. ४ को खुट्टामुनि झिल पोखरीको डिलमा पटक ल्याउँदै गर्दा प्रहरीलाई देखेर ल्याउने मान्छे भागेपछि प्रहरीले पटका बरामद गरेको हो । उक्त पटकाको अन्दाजी मुल्य एक लाख रुपैयाँ भएको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि पटका सिमा प्रहरी चौकी केचनामा राखिएको प्रहरीले जनाएको छ । ००००००

Share.

Leave A Reply