भारतमा सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

0

विर्तामोड, ५ मंसिर ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । आज मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमण मुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।
भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना सङ्क्रमित भएका छन् भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ जना रहेको जनाइएको छ । ००००००

Share.

Leave A Reply