सबै बजार खुल्ला गर्ने तर कोरोनाको संक्रमण त्रास देखाएर चुनाव मात्र नगर्ने विर्तामोड वाणिज्य संघको हास्यापद निर्णय

0

विर्तामोड, ५ मंसिर ।

बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित गरेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन कार्यक्रम जारी रहेको भए पनि झापाको विर्तामोड वजारको नेतृत्व गर्ने संघले भने कोरोना संक्रमणको त्रासलाई देखाएर चुनाव नगर्ने तयारी गरेको हो ।
संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको संघले पठाएको इमेलमा उल्लेख गरिएको हो । विर्तामोडको बजार क्षेत्रमा अत्यधिक भीड हुने सबै व्यापार भने सञ्चालन भइरहेको छ । कोरोना संक्रमण बढेको छ, बजार बन्द गरौं भन्ने नागरिक मागलाई भने संघले सुन्ने गरेको छैन । ‘वजार पुर्ववत सबै सञ्चालन गर्ने चुनाव मात्र नगर्ने निर्णय हास्यास्पद छ’, युनिकमका केन्द्रीय अध्यक्ष तथा विर्तामोडका व्यवसायी गजेन्द्र पौडेलले भन्नुभयो, ‘महासंघको चुनाव हुन सक्ने एउटा वजारको चुनाव हुन नसक्ने अवस्था होइन, स्वास्थ्य मापदण्ड पालना गरेर चुनाव गर्न सकिन्छ ।’ उहाँले विर्तामोड वजारमा निजी क्षेत्रको नेर्तत्व कमजोर हुँदा व्यवसायीले दुःख पाएको उल्लेख गर्नुभयो ।
संघको गत असोज ६ गतेको बैठकले मंसिर ७ गते साधारणसभा र पुस ७ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । अब विर्तामोड वाणिज्य संघको चुनाव कहिले हुन्छ भन्ने अन्योल सिर्जना भएको छ । अब चुनाव कहिले हुन्छ भन्ने अन्योल भएको छ । ००००००

Share.

Leave A Reply