माउन्टेन इनर्जीको आइपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन

0

विर्तामोड, ६ मंसिर ।

माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आइपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ । मागभन्दा अत्याधिक बढी आवेदन परेपछि आइपीओमा आवेदन गर्ने ७२ प्रतिशत आवेदकको हात खाली हुने भएको छ ।
कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । यो मागभन्दा ७.६१ गुणा धेरै हो ।
केहि समय अघिसम्म हाइड्रोपवरको शेयरमूल्य अंकित मूल्यभन्दा पनि तल झरेकोले हाइड्रोपावर कम्पनीले बिक्रीमा ल्याउने आइपीओमा लगानीकर्ताको आकर्षण कम देखिन्थ्यो । तर, पछिल्लो समय हाइड्रोपावरको शेयरमूल्य समेत बढेकोले यस्ता कम्पनीले बिक्रीमा ल्याउने आइपीओमा समेत लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । ०००००

Share.

Leave A Reply