नेपालगन्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्की र पुष्पा भण्डारीलाई

0

विर्तामोड, ६ मंसिर ।

छैटौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् । नेपालगन्जमा आज भएको म्याराथनमा त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै गोपीले उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा गोपीले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे । दोस्रो भएका कृष्णले २ घण्टा २० मिनेट ४९ सेकेन्डको समय निकाले । आर्मीकै खगेन्द्र भाट २ घण्टा २७ मिनेट २८ सेकेन्डको समय निकाल्दै तेस्रो भए । आर्मीकै नवराज साउद चौथो, ज्ञानप्रसाद भट्टराई र मुकेश बहादुर पाल पाँचौ र छैटौं भए ।
उपाधिसँगै गोपी आगामी वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदका लागि छनोट भएका छन् । कोरोना भाईरसको महामारीको कारण अन्य प्रतियोगिता नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनको विजेताले ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो । गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता खेलाडी समेत हुन् ।
यस्तै,
महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितिन् । निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै पुष्पाले उपाधि हात परेकी हुन् ।
कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डको समय निकाल्दै दोस्रो भईन् । १ घण्टा ३८ मिनेट १४ सेकेन्डको समय सहित शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन् । यस्तै शकुन्तला ठगुन्ना चौंथो अनिशा चौधरी पाँचौ र कल्पना चौधरी छैटौं भए । ००००००

Share.

Leave A Reply