पार्टी कुनै हालतमा फुट्दैन : नेकपा उपाध्यक्ष गौतम

0

विर्तामोड, ६ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताउनुभएको छ । पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पना आफ्नो सपना भएको बताउँदै २०६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा रहेको समेत बताउनुभयो ।
यस्तै, नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भीरताका साथ लाग्न सुझाव दिनुभएको हो । कार्यक्रममा तुलसीपुर उपमहानरपालिकाका प्रमुख घनश्याम पाण्डेले दंगाली जनताको चाहना पार्टी एकता नै रहेको बताउनु भएको छ । ००००००

Share.

Leave A Reply