‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी’ भएको बताएपछि नेता सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

0

विर्तामोड, ६ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्लासम्म आइपुगेको छ । पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका छन् ।
राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आज आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी हुनु भएको थियो ।
उहाँले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी’ भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गर्नु भएको हो । ‘पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उहाँलाई कुनै पनि कार्यक्रममा बोल्न दिदैनौं’, आचार्यले भन्नुभयो ।
नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।
नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उश्रृंखलता देखाएको बताउनुभयो । ‘उहाँले गुटका कुरा गर्नुभएको थिएन, तर साथीहरु आएर पार्टीको नाममा गुट गर्ने भनेर नारावाजी गर्नुभयो’, लामाले भन्नुभयो, ‘यसो नगरेको भए राम्रो हुन्थ्यो ।’ ०००००

Share.

Leave A Reply