बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि

0

विर्तामोड, ६ मंसिर ।

झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मेची अस्पताल भद्रपुरमा ३ दिनअघि स्वाब दिनु भएका उहाँको आज रिपोर्ट पोजिटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वाब दिएर होमआइसोलेशनमा बस्दै आउनु भएका प्रमुख शिवाकोटीमा संक्रमणको लक्षण भने हालसम्म नदेखिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
शिवाकोटीकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै उहाँको पनि पीसीआर परीक्षण गरिएको थियो । उहाँको घरमा काम गर्ने एक जना कामदारलाई पनि संक्रमण देखिएको छ । ०००००

Share.

Leave A Reply