नेपाल क्रिकेट संघ क्यानमा ७ जना जनरल म्यानेजरको अन्तर्वार्ता

0

विर्तामोड, ७ मंसिर ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजरको अन्तर्वार्ता लिएको छ । क्यानले आज अन्तिम छनोटमा परेका ७ जना जनरल म्यानेजरको अन्तर्वार्ता लिएको हो ।
जनरल म्यानेजरका लागि आवेदन परेका ४५ बाट अन्तिम चरणमा अन्तर्वार्ताका लागि ७ जना छनोट गरिएको क्यानले जनाएको छ । क्यानले मुख्य प्रशिक्षकको अन्तर्वार्ता यसअघि नै गरिसकेको छ ।
क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो । क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्यीय छनोट समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट, १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् । ००००००

Share.

Leave A Reply