खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छाउँछु : मन्त्री तामाङ

0

बिर्तामोड, २८ पुस ।

नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताउनु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आज आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालहरुसंग सहकार्य गर्दै पन्छ्याउने छु । समयस्याका बारेमा चाँडै नै छलफल गर्छु’, राखेपका अध्यक्ष समेत रहनु भएका मन्त्री तामाङले भन्नुभयो ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलकुद र खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गर्नुभयो ।
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद मन्त्रालयले उपयुक्त मन्त्री पाएको धारणा व्यक्त गर्दै व्यवस्थापन, पदक, प्रदर्शन र पूर्वाधारका हिसाबले १३ औं दक्षिण एसियाली खेलकुद उत्कृष्ट रहेको जानकारी गराउनुभयो ।
सदस्य–सचिव सिलवालले नयाँ ऐन अनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नु पर्ने आवश्यकता औल्याउँदै चालू आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा बृद्धिका लागि पहल गरिदिन मन्त्री तामाङ समक्ष आग्रह गर्नुभयो । सदस्य–सचिव सिलवालले कोभिड– १९ का कारण नवौं राष्ट्रिय खेलकुद सार्नु परेको बताउदै विस्तारै नेपाली खेलकुदले गति लिन थालेको दाबी गर्नुभयो । ००००००

Share.

Leave A Reply