चन्द्रागिरी हिल्सको आईपीओमा १२ लाख ५१ हजार १० जनाको आवेदन

0

बिर्तामोड, २८ पुस ।

आईपीओमा आवेदन गर्नेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा हाल सम्मकै सबै भन्दा धेरै १२ लाख ५१ हजार १० जनाको आवेदन परेर नयाँ रेकर्ड कायम भएको हो ।
कम्पनीको आईपीओमा आवेदन गर्नेको संख्या अझै बढ्न सक्ने बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएको छ । सबै आवेदनहरु अझै प्राप्त नभएकोले यो संख्या अझ थप हुन सक्ने छ ।
यसअघि प्रभु इन्स्योरेन्सको आईपीओमा १० लाख ४९ हजार जनाले आवेदन गरेका थिए । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार आजसम्ममा २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर माग भएको छ । कम्पनीको शेयरमा १२ लाख ५१ हजार १० जना आवेदनबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात् २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १७ दशमलव ५३ गुणा बढी हो ।
कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो । ००००००

Share.

Leave A Reply