बिर्तामोड, २९ पुष ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड शिर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा युनाइटेडले बर्नली १–० ले हरायो।
युनाईटेडले बर्नलीलाई उसकै मैदानमा हराएको हो। युनाईटेडका लागि खेलको ७१औं मिनेटमा पोग्वाले गरेको गोलनै निर्णायक बन्यो। युनाईटेड १७ खेलमा ३६ अंक जोडेर शिर्ष स्थानमा पुगेको हो।
बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ। समान १७ खेल खेलेको लिभरपुल दोस्रो स्थानमा झरेको छ। उसको ३३ अंक रहेको छ।
गएराति नै भएको अर्को खेलमा उल्भ्सलाई एभर्टनले २–१ले हरायो। यस्तै गएराति नै भएको खेलमा सेफिल्ड युनाईटेडले न्युकासललाई १० ले पराजित गरेको छ।