नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा नियुक्त

0

विर्तामोड, २९ पुस ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामकृष्ण खतिवडा नियुक्त हुनुभएको छ । गएको पुस १० गते प्रकाशित भएको १५ दिनको पदपूर्तिसम्बन्धी विज्ञापनको सार्वजनिक सूचना अनुसार प्राप्त आवेदनमध्येबाट खतिवडालाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
पदपूर्तिको सूचनामा उल्लेख भएका योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, बिजनेस प्लान, बिजनेस प्लानको प्रस्तुतीकरण एवं अन्तर्वार्तासमेतको मूल्याङ्कनबाट उहाँलाई माघ १ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको बैंकले जनाएको छ । खतिवडाले विभिन्न विषयमा स्नातकोत्तर गर्नुभएको छ, त्यसैगरी एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, लगानी बोर्ड नेपाल, विद्युत् नियमन आयोग लगायतका संस्थाको जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव रहेको छ । ०००००००

Share.

Leave A Reply