नेपालमा २६६१४३ जना कोरोना भाइरस संक्रमित

0

विर्तामोड, २९ पुस ।

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार एक सय ५४ जनाको पीसीआर परीक्षण भएकोमा चार सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६६ हजार एक सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौमा एक सय ८९ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा १९ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै गएको २४ घण्टामा चार सय १४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या दुई लाख ५९ हजार सात सय ७२ जना पुगेको छ ।
थप पाँच जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ३७ जना पुगेको छ ।
नेपालमा आजसम्म चार हजार चार सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै दुई सय ३७ जना क्वारेण्टाइनमा रहेका छन् । ००००००

Share.

Leave A Reply