झापामा संक्रमित नथपिएको जनस्वास्थ्य कार्यालयको दाबी, ५ जना थपिएको प्रदेश सरकारको तथ्यांक

0

विर्तामोड, २९ पुस ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०, झापामा पाँच, सुनसरीमा दुई, भोजपुर, तेह्रथुम र पाँचथरमा एकएक तथा प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४९ जना पुगेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३७२ जना रहेको छ । सो अवधिमा ३४ जना डिस्चार्ज र ५७३ जनाको पिसिआर परीक्षण भई कूल दुई लाख १३ हजार ४८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, झापामा आज कोरोना संक्रमित नथपिएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भएको छ । झापामा कोरोना संक्रमण पुष्टि नभए पनि प्रदेशका प्रयोगशालामा ५ जनाको संक्रमण पुष्टि भएको हो । ००००००

Share.

Leave A Reply