स्वस्च्छ जीवन जिउन दैनिक रुपमा योग गर्न आबश्यक : प्रमुख पोर्तेल

0

विर्तामोड, १ माघ ।

‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ छैठौँ राष्ट्रिय योग दिवसका अवसरमा विराटनगरमा योग गर्दै नागरिक । तस्बीर : मनोज दाहाल/रासस

झापाको महेशपुरमा “गरौं योग डटेर कोभिड जान्छ हटेर” भन्ने मुल नाराका साथ छैठौ राष्ट्रिय योग दिवस सम्पन्न गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापा तथा आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी झापाको संयुक्त आयोजना तथा पतन्जली योग पिठको संयोजनमा आज सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला समन्वयन समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोर्तेलले योग अभ्यासले मानव शरिरका सम्पुर्ण अंगहरु सक्रिय रहने भएकोले योग गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले स्वस्च्छ जीवन जिउन दैनिक रुपमा योग गर्न आबश्यक रहेको बताउदै सबैले निरन्तर योग गरेर स्वास्थ्य रहनु पर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिल्मिसिनाको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका बैध निरिक्षक मनोज पण्डितको संचालनमा सम्पन्न दिवसमा योग प्रशिक्षक कैलास डाँगीले योग अभ्यासका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका केन्द्र प्रमुख अनिलकुमार यादवले स्वागत मन्तव्य राख्नुभएकोे कार्यक्रममा झापाका ३ वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतका योग प्रशिक्षक तथा प्रशिक्षार्थीको सहभागिता रहेको थियो । ०००००००

Share.

Leave A Reply