अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गर्छन् : सभापति देउवा

0

विर्तामोड, १ माघ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताउनु भएको छ ।
पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा सहिद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई आज सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री, राष्ट्रपतिले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाउनुभयो । ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नु भएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’
सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न नमिल्ने भन्दै देउवाले ओली त्यसको खिलापमा उत्रिएको आरोप लगाउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर र त्यो गर भन्दै हिँडेका छन् । संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो ।’
अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गर्ने उहाँको दाबी छ । ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् । सर्वोच्चलाई प्रभावित पार्न खोजे जनताले सजाय दिनेछन्’, उहाँले भन्नुभयो । देउवाले कांग्रेस विधिको शासन मान्ने र संस्कार बोकेको पार्टी भएकोले सडकबाट अदालतको विरोध नगर्ने र अदालतको निर्णयको पर्खाइमा रहेको बताउनु भएको छ ।
पछिल्लो समय अदालतले प्रतिनिधिसभा विघटनको मुद्दालाई सदर गरेको खण्डमा वैशाखमा निर्वाचन नहुने आशंका बढेकोप्रति कटाक्ष गर्दै देउवाले यदि त्यसो हुन नसके प्रधानमन्त्री ओली देशमा बस्नै नसक्ने अवस्था आउने दाबी गर्नुभयो । ००००००

Share.

Leave A Reply