नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

0

विर्तामोड, ४ माघ ।

नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बित्तिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो ।
अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो । मृत्यु हुनेमा ८० बर्ष उमेर समूहका रहेका छन् । नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको बताउनुभयो । घटना लगत्तै नर्वेले कोरोनाको खोपको स्वरुप परिवर्तन गरेको सिगर्डले जानकारी दिनुभयो । ००००००

Share.

Leave A Reply