झापामा ४३ जना कोरोनाका सक्रिय संक्रमित

0

विर्तामोड, १३ माघ ।

पछिल्लो २४ घण्टामा झापामा २ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज १ जना महिला र १ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या ४ हजार ५९७ जना पुगेको छ ।
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ जना रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भएको छ ।
झापामा ३६ हजार ३० जनाको पिसिआर परिक्षण गर्दा ४ हजार ५९७ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजार ४२८ जना निको भएका छन् । अहिले झापामा ४३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३३ जना होम आइसोलेशनमा रहेका छन् ।
आज थपिएका कोरोना संक्रमितमा दमक र शिवसताक्षीका १–१ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ००००००

Share.

Leave A Reply