देशभर ३२५२ जना कोरोनाका सक्रिय संक्रमित

0

विर्तामोड, १३ माघ ।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६४ हजार ८ सय २३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ जना पुगेको छ ।
आजसम्म देशभर संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ जना रहेको छ । यस्तै, १ सय २२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । ००००००००

Share.

Leave A Reply