अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै हो : अध्यक्ष थापा

0

विर्तामोड, ९ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसंग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।”
नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उहाँको भनाइ थियो । उहाँले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने बताउनुभयो । ००००००

Share.

Leave A Reply