जोकोभिचलाई नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि

0

विर्तामोड, ९ फागुन ।

विश्व नम्बर एक तथा सर्बियन खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।
मेलबर्नमा आज भएको फाइनलमा रुसका डेनील मेदभेदेबलाई पराजित गर्दै जोकोभिचले नवौं पटक उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा जोकोभिचले मेदभेदेबलाई ७–५, ६–२ र ६–२ को सेटमा पराजित गरे । जोकोभिचले लगातार तेस्रो वर्ष अष्ट्रेलियन ओपन जितेका हुन् । ९ पटक अष्ट्रेलियन ओपन जित्ने जोकोभिच पहिलो खेलाडी हुन् ।
३३ वर्षीय जोकोभिचको यो १८ औं ग्राण्डस्लाम उपाधि हो ।
महिलातर्फको उपाधि भने जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छन् । फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बनेकी हुन् । ००००००

Share.

Leave A Reply