इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

0

विर्तामोड, १० फागुन ।

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ ।
गए राति भएको खेलमा सिटीले आर्सनलमाथि १–० गोल अन्तरको जित निकालेको हो । आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।
इमिरेट्स स्टेडियममा खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए । यस जितसँगै सिटीले सबै खाले प्रतियोगिता गरी लगातार ११ अवे खेलमा जित निकालेको छ । सिटीले सन् २०१७ मा आफैले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ ।
आर्सनलविरुद्धको जितसँगै सिटीले लिगमा १० अंकको अग्रता बनाएको छ । सिटीले २५ खेलमा ५९ अंक जोडेको छ । आर्सनल भने लिगको दशौँ स्थानमा रहेको छ । आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ । ००००००

Share.

Leave A Reply