रुबिना दिलाइक रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता

0

विर्तामोड, १० फागुन ।

भारतीय कलाकार रुबिना दिलाइक रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता बनेकी छन् ।
बिजेता बनेसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पाएकी छन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा सक्रिय थिइन् ।
बिग बोसको १४ औं सिजनको फस्ट रनरअप राहुल वैद्य बनेका छन् । यसअघि इण्डियन आइडलको पहिलो सिजनमा पनि उनी फस्ट रनर अप बनेका थिए ।
’रियालिटी शो’का होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताएका थिए । प्रतियोगीलाई निर्णय गर्न ३० सेकेण्डको समय दिइएको थियो ।
सलमान खानले दिएको यो विकल्प राखी सावन्तले रोजेकी थिइन् । सलमान खानले आउँदो आठ महिलाभित्र बिग बोसको अर्को सिजन लिएर आउने बताएका छन् । बिग बोस, भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो हो । यसका प्रस्तोता बलिउडका सुपरस्टार सलमान खान हुन् । ००००००

Share.

Leave A Reply