संयुक्त व्यावसायिक प्यानलका उम्मेद्बारहरु घरदैलोमा सक्रिय

0

विर्तामोड, १० फागुन ।

बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनका लागि संयुक्त व्यावसायिक प्यानलका उम्मेद्बारहरु घरदैलोमा सक्रिय भएका छन् ।
आज बुट्टाबारी, गरामनी र बिर्ताबजारमा सुवास भट्टराईको नेतृत्वमा रहेको संयुक्त व्यावसायिक प्यानलका उम्मेदवारहरुले घरदैलो गरेका हुन् । भेटमा व्यवसायीहरुले संयुक्त व्यवसायी प्यानलका उम्मेदवारलाई मतदान गरी विजयी गराउने बचन दिएको बताइएको छ ।
गरामनीका ब्यवसायीले वाणिज्य संघमा गरामनीलाई सधैं उपेक्षा गरिँदै आएको गुनासोसमेत गरेका छन् । सोही सन्दर्भमा अध्यक्षका प्रत्यासी भट्टराईले आफ्नो प्यानल विजयी भएपछि योग्य र सक्षम युवालाई प्रतिनिधित्व गराउने बताउनुभयो ।
विगत तीन कार्यकालमा विर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वले व्यवसायीको हक अधिकारको भन्दा पनि अरुकै लागि काम गरेको देखिएकोले हिजोदेखि नै व्यवसायीको अधिकारका लागि प्रयासरत सुवास भट्टराई र उहाँको प्यानललाई मतदान गर्न आफूहरु प्रतिवद्ध रहेको व्यवसायी अनुप सापकोटाले बताउनुभयो । ००००००

Share.

Leave A Reply