इङ्ग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग ब्राइटन पराजित

0

बिर्तामोड, ११ फागुन ।

इङ्ग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
क्रिस्टल प्यालेसका लागि माटेटाले २८ औँ र बेन्टेकेले अतिरिक्त समयमा एकरएक गोल गरेका हुन् । यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औँ मिनेटमा एक गोल गरेका हुन् ।
लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित १३ औँ स्थानमा रहेको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक रहेको छ । ००००००

Share.

Leave A Reply